Rule 32
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याड्ढन परिषद्
(१) पाठ्यक्रम निर्माण तथा मूल्याङ्कन गर्ने सम्बन्धमा नीति निर्धारण गर्नको लागि देहायका सदस्यहरु रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् रहनेछः–
(क) शिक्षा मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) – सदस्य
(ग) मन्त्रालयको सचिव – सदस्य
(घ) सह–सचिव, मन्त्रालय (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) – सदस्य
(ङ) विभागको महानिर्देशक – सदस्य
(ङ१) कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र – सदस्य
(ङ२)निर्देशक, अनौपचारिक शिक्षा केन्द्र –सदस्य
(च) परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, – सदस्य
(छ) निर्देशक, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ज) पाठ्यक्रम प्रमुख, उच्च माध्यमिक शिक्षा परिषद् – सदस्य
(झ) शिक्षा शास्त्र संकायका पाठ्यक्रम सम्बन्धी विशेषज्ञ – सदस्य
(ञ) प्रमुख, पाठ्यक्रम विकास केन्द्र, नेपाल संस्कृत विश्वविद्यालय – सदस्य
(ट) पाठ्यक्रम सम्बन्धी विशेषज्ञहरु मध्ये मन्त्रालयबाट मनोनीत एकजना – सदस्य
(ठ) विद्यालय शिक्षामा ख्यातिप्राप्त शिक्षाविदहरु मध्ये मन्त्रालयबाट मनोनीत दुईजना – सदस्य
(ड) प्रतिनिधि, शिक्षक युनियन, केन्द्रीय समिति – सदस्य
(ढ) कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र – सदस्य–सचिव
(२) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकमा सम्बन्धित विषयका बढीमा तीन जना विशेषज्ञलाई पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रित गर्न सकिनेछ ।
(३) उपनियम (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।
(४) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सचिवालयको काम पाठ्यक्रम विकास केन्द्रले गर्नेछ ।
(५) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।